नेपालका २२ नगरपालिकाको आधारभूत विवरण सहित पार्श्वचित्र तयारी

DOWNLOAD

साझेदारी अन्तर्गत २२ नगरपालिकाका आधारभूत विवरण सहितको पार्श्वचित्र निर्माण गरेको छ । यी आधारभूत विवरणहरू नेपाल सरकार, केन्द्रीय तथ्याङ्क विभागद्वारा संचालित सन् २०११ को जनगणनाबाट आएको विद्यमान सरकारी तथ्याङ्कका साथै २२ नगरपालिकाका स्थानीय सरकारहरूबाट संकलित तथ्याङ्क समेतलाई आाधार मान्दै निर्माण गरिएको छ ।

नगरपालिकासँगको साझेदारी र परामर्शमा यी आधारभूत विवरणहरू कार्यसम्पादनको स्वरूपलाई स्पष्ट पार्न प्रमाणमा आधारित तथ्याङ्कको विश्लेषण तथा सचित्र विवरण प्रयोग गरी निर्माण भएकाछन् । यसले नगरपालिकाको संक्षिप्त रणनीतिक विवरण उपलब्ध गराउँछ । जसले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई केन्द्रबाट प्रदेश तथा पालिकाहरूमा हस्तान्तरण भएका क्षेत्रमा निश्चित अत्यावश्यक सार्वजनिक सेवाहरूको परिस्थितिबारे तत्क्षण बुझाइ उपलब्ध गराउँछ । यी आधारभूत विवरण नगरपालिकाका लागि महत्वपूर्ण कदम हुन् जसले कालान्तरमा विकासबारे मापदण्ड तथा सूचकहरू स्थापित गर्छन् र नगरपालिकाका लागि विकासका प्राथमिकताहरू निर्धारण गर्न र तथ्याङ्क एवं सूचनामा आधारित निर्णय गर्ने क्षमतामा सुधार ल्याउने छन् । यो तथ्याङ्कसँगै यस प्रयासले पुनर्गठित स्थानीय तहको सीमाङ्कनसँग सम्बन्धित सूचना तत्काल उपलब्ध गराउँदै नयाँ स्थानीय परिवेशमा सेवा प्रदान गर्नेबारे क्षेत्राधिकार तथा जनादेशलाई स्पष्टरूपमा परिभाषित गर्न सहयोग गर्छ ।

यी आधारभूत विवरणलाई फ्लेक्स चार्टहरूसँगै थप अरु चार्टहरूको रूपमा देहायका २२ नगरपालिकाहरू तथा सम्बन्धित वडाहरूमा उपलब्ध गराइएको छ ।